Kathmandu Press

पोखराको फेवातालमा डुङ्गा दौड प्रतियोगिता

पोखराको फेवातालमा डुङ्गा दौड प्रतियोगिता

पाेखरा, चैत ३० : पोखराको लेकसाइडमा सुरु भएको फेवा नव वर्ष महोत्सवअन्तर्गत आज दोस्रो दिन फेवातालमा आयोजित डुङ्गा दौड प्रतियोगितामा तालपारिको समूह प्रथम भएको छ । 

प्रतियोगितामा बाराही घाट ‘ए’ समूह द्वितीय भएको छ भने बाराही घाट ‘डी’ ले तृतीय स्थान हासिल गरेको छ । गौरीघाट ‘बी’ समूहले सान्त्वना स्थान प्राप्त गरेको छ । प्रतियोगितामा कूल आठ समूहले भाग लिएका थिए । 

Hardik ivf

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका समूहले क्रमशः रु १५ हजार, रु १० हजार र रु आठ हजार पुरस्कार प्राप्त गरेका छन् । सान्त्वना पुरस्कारस्वरुप रु पाँच हजार प्रदान गरियो । पाँचौँ स्थान हासिल गर्ने समूहलाई जङ्गल पावर ट्वान्टी फोर आवरका तर्फबाट निःशुल्क खानाको व्यवस्था गरिएको थियो । 

होटल सङ्घ नेपालद्वारा आयोजित उक्त दौड प्रतियोगितामा सङ्घका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदी लगायतले विजेतालाई पुरस्कार प्रदान गरे। सहभागीहरु पहारीघाटबाट डुङ्गा खियाएर ताल पारि रहेको लेकहाउमा पुगेर पुनः सोही घाटमा फिर्ता आएका थिए । प्रत्येक समूहमा तीनजना सहभागी रहेका थिए । 

नयाँ वर्षलाई स्वागत गर्दै फेवा ताल संरक्षणमा सचेतना फैलाउने उद्देश्यले तालमा डुङ्गा दौड प्रतियोगिता आयोजना गरिएको आयोजक सङ्घका अध्यक्ष एवं महोत्सवका संयोजक सुवेदीले जानकारी दिए । पञ्चेबाजा र नाचगानसहित आयोजित प्रतियोगिताले पोखराको पर्यटन प्रवरद्धनमा सघाउ पुग्ने विश्वास प्रतियोगिताका संयोजक एवं फेवा डुङ्गा व्यवसायी सङ्गठनका अध्यक्ष बलराम गिरीले बताए । प्रतियोगिताका लागि सङ्गठनले निःशुल्क डुङ्गा उपलब्ध गराएको थियो । 

प्रकाशित मिति: १९:३८ बजे, बिहीबार, चैत ३०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्