Kathmandu Press

नेपाली नयाँ वर्षमा अस्ट्रेलियामा आतिसबाजी गरिने

नेपाली नयाँ वर्ष २०८०को अवसरमा अस्ट्रेलियामा आतिसबाजी गरिने भएको छ । राजधानी क्यानबेरास्थित लेनक्स गार्डेन, फ्लिन ड्राइभमा आतिसबाजीसहित नयाँ वर्ष मनाउन लागिएको हो।
नेपाली नयाँ वर्षमा अस्ट्रेलियामा आतिसबाजी गरिने

काटठमाडाैं, चैत ३० : नेपाली नयाँ वर्ष २०८०को अवसरमा अस्ट्रेलियामा आतिसबाजी गरिने भएको छ। राजधानी क्यानबेरास्थित लेनक्स गार्डेन, फ्लिन ड्राइभमा आतिसबाजीसहित नयाँ वर्ष मनाउन लागिएको हो।

सनातन समाज अस्ट्रेलियाले क्यानबेरामा आतिसबाजी गर्दै नयाँ वर्ष मनाउन लागेको हो। कार्यक्रम स्थानीय समयअनुसार २ बजे सुरु हुनेछ।  

Hardik ivf

कार्यक्रममा यातायात तथा सहरी सेवा मन्त्री क्रिस स्टिल र कम्पिटिसन्स, च्यारिटि तथा ट्रेजरी सहायक मन्त्री डा. एन्ड्रयु लिह् प्रमुख अतिथिका रुमाप रहने छन् भने बिन क्षेत्र, एसिटिका सांसद् डेभिड स्मिथ अतिथिका रुपमा रहनेछन्।
 राजधानी क्यानबेरामा अध्ययन, रोजगारलगायत विभिन्न उद्देश्यले अस्ट्रेलिया पुगेका नेपालीहरुको उल्लेख्य बसोबास छ। अस्ट्रेलियामा नेपाल र नेपालीको छुट्टै पहिचान बनाउन नयाँ वर्षमा आतिसबाजी गर्न लागिएको सनातन समाज अस्ट्रेलियाका अध्यक्ष तथा कार्यक्रम संयोजक सन्तोष मल्लले बताए।

‘नेपाली र भारतीयको संस्कार, संस्कृति र चाडपर्वहरू समान छन् । त्यसैले नेपालीलाई पनि भारतीय नै मान्नेहरुको जमात ठूलै छ र हाम्रो आफ्नै पहिचान बन्नसकेको छैन,’ उनले भने, ‘नेपाली र भारतीय फरक हुन्, हाम्रो आफ्नै संस्कृति छ, चालचलनहरू छन्, आफ्नै पात्रो र नयाँ वर्ष छ भनेर जानकारी दिनलाई नयाँ वर्षलाई आतिसबाजीसहित विशेष दिनको मनाउन लागेका हौं।’

दसैं, तिहार, फागु पूर्णिमा लगायतका पर्व नेपाल र भारत दुवैतिर मनाइन्छस यसले नेपाली र भारतीय एकै हुन् भन्ने छाप परेको अध्यक्ष मल्लले बताए । तर, नयाँ वर्ष भने भारतमा इसवी संवत्अनुसार जनवरीमा मनाइन्छ भने नेपालले विक्रम संवत्अनुसार वैशाखमा मनाउने गरेको छ।

कायृक्रममा नेपालको सँस्कृति झल्कने झाँकी, लाइभ म्युजिक, फुड स्टलहरू, डिजे सेसन तथा किड्स पार्कको मजा पनि लिन सकिने अध्यक्ष मल्लले जानकारी दिए।

सनातन समाज अस्ट्रेलियाले अघिल्लो वर्ष पनि नेपाली नयाँ वर्षलाई आतिसबाजीसहित स्वागत गरेको थियो।

प्रकाशित मिति: १२:३९ बजे, बिहीबार, चैत ३०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्