Kathmandu Press

क्यानडामा नेप्लिज कम्युनिटीको सांगीतिक साँझ, गायक बस्याल र केसीले नचाय दर्शक

पछिल्लो समय क्यानडा लण्डनमा बढिरहेको नेपाली समाजले आयोजना गरेको उक्त कार्यक्रममा नयाँ तथा पुराना विद्यार्थीहरुको पनि स्वागत गरिएको थियो । 
क्यानडामा नेप्लिज कम्युनिटीको सांगीतिक साँझ, गायक बस्याल र केसीले नचाय दर्शक

काठमाडौं, चैत ३० : नेपाली नयाँ वर्ष वि.स. २०८० को पूर्व सन्ध्यामा नेप्लिज कम्युनिटी अफ लण्डनले नयाँ वर्षको विशेष सांगीतिक साँझसहित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । 

पछिल्लो समय क्यानडा लण्डनमा बढिरहेको नेपाली समाजले आयोजना गरेको उक्त कार्यक्रममा नयाँ तथा पुराना विद्यार्थीहरुको पनि स्वागत गरिएको थियो । 

Hardik ivf

नयाँ वर्षको शुभकामना आदान–प्रदानपछि आयोजित भव्य लाईभ साँगीतिक कार्यक्रममा वरिष्ठ लोक दोहोरी गायक बुद्धि सागर बस्याल र गायिका देविका केसीले दर्शकहरु छमछमी नचाएका थिए । 

एबी लोकेश स्कुलको विशेष हलमा अहिलेसम्मकै भव्य र सफलताका साथ कार्यक्रम सम्पन्न भएको आयोजक नेप्लिज कम्युनिटी अफ लण्डनका स्पेशल इभेन्ट कोअर्डिनेटर शिव डल्लाकोटीले बताए । 

समाजका अध्यक्ष निराजन ठकुरीको अध्यक्षतामा आयोजित कार्यक्रममा समाजका उपाध्यक्ष प्रदीप बास्तोला, सचिव सहासनाथ अधिकारी, कोषाध्यक्ष सुनिल टण्डन, स्पोर्ट कोअर्डिनेटर विकास पाण्डे, स्पेशल इभेन्ट कोअर्डिनेटर शिव डल्लाकोटी र सांस्कृतिक कोअर्डिनेटर रमेश चालिसे रहेका थिए । कार्यक्रम सञ्चालन ऋचा ढुँगेलले गरेकी थिईन् ।

प्रकाशित मिति: ०७:३८ बजे, बिहीबार, चैत ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्