Kathmandu Press

अन्तरिक्षमा पहिलो मानव उडानको स्मरणमा कसमोनट दिवस

सन् १९६१ अप्रिल १२ मा रसियाको स्पेस वैज्ञानिक युरी गागारिनले पहिलो मानव अन्तरिक्ष उडान गरेको स्मरणमा यो दिवस मनाइँदै आइएको हो। आजका दिनलाई अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान भएको दिनका रूपमा लिइन्छ।
अन्तरिक्षमा पहिलो मानव उडानको स्मरणमा कसमोनट दिवस

काठमाडाैं, चैत २९ : हरेक वर्ष आज कै दिन अर्थात् अप्रिल १२ तारिखमा  मनाइने कसमोनट दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। 

सन् १९६१ अप्रिल १२ मा रसियाको स्पेस वैज्ञानिक युरी गागारिनले पहिलो मानव अन्तरिक्ष उडान गरेको स्मरणमा यो दिवस मनाइँदै आइएको हो। आजका दिनलाई अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान भएको दिनका रूपमा लिइन्छ। 

Hardik ivf

उक्त दिवसका अवसरमा आज यहाँ रसियन हाउस अफ काठमाडौँ, नेपाल फिजिकल सोसाइटी र नेपाल साइन्स ओलमपियडले संयुक्तरूपमा आयोजना गरेको कार्यक्रममा नेपालमा अन्तरिक्ष क्षेत्रमा भइरहेका कामबारे प्रदर्शनी गरियो।

‘द स्क्वायड अफ चेञ्जमेकसर’का संस्थापक सुशीलदेव भट्टराईले अन्तरिक्षमा पहिलो पटक मानिसले पाइला टेकेकोबारे चर्चा गर्दै अन्तरिक्ष विज्ञानबारे जानकारी दिन प्रदर्शनी आयोजना  गरिएको बताए। उनले भने, 'भविष्यमा यस विषयमा हाम्रा विद्यार्थीलाई  रुचि बढाउन पनि हामीले विभिन्न कार्यक्रम आयोजना गर्दै आएका छौँ।'

'प्रदर्शनीमा दुई सय विद्यार्थीलाई अन्तरिक्षसम्बन्धी जानकारी गराउनाका साथै रकेट विज्ञान र भूउपग्रह ९स्याटेलाइट० बनाउने तालिम तथा खगोलशास्त्रबारे जानकारी गराउँदै आएका छौँ', भट्टराईले भने। 

सन् २०१९ मा बनेको नेपालको पहिलो भूउपग्रह ‘नेपाली सेट–१’ र  यस वर्ष बनेको ‘मुनाल’ स्याटेलाइटलगायत अन्तरिक्ष सम्बन्धी सामग्रीहरुको नमूना प्रदर्शनीमा राखिएको छ। 

प्रकाशित मिति: १७:२७ बजे, बुधबार, चैत २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्