Kathmandu Press

सरकारी कर्मचारीको ट्रेड युनियन खारेज गर्न माग

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्‍त्री अमनलाल मोदीको ध्यानाकर्षण गराउँदै भने, ‘कर्मचारीको युनियन खारेज गर्ने नीति ल्याउनुहोस्। हामी तपाईंलाई हार्दिक स्वागत गर्छौं।’
सरकारी कर्मचारीको ट्रेड युनियन खारेज गर्न माग

काठमाडौं, चैत २९ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारी कर्मचारीको ट्रेड युनियन खारेज गर्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्‍त्री अमनलाल मोदीको ध्यानाकर्षण गराउँदै भने, ‘कर्मचारीको युनियन खारेज गर्ने नीति ल्याउनुहोस्। हामी तपाईंलाई हार्दिक स्वागत गर्छौं।’ संघीय मामिला तथा सामान्य प्रशासन मन्‍त्री अमनलाल मोदीले निजामती विधेयक संसदमा ल्याउने विषयमा बोलेका थिए।

मन्‍त्री मोदीले संघीय निजामति विधेयक संसदमा ल्याउने तयारीमा सरकार रहेको बताएका छन्। उनका अनुसार संघीय निजामती विधेयक तयार पारेर कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र अर्थ मन्त्रालयमा पठाइएको छ।

प्रकाशित मिति: १३:५६ बजे, बुधबार, चैत २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्