Kathmandu Press

द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारद्वारा काठमाडौंमा धर्ना

संक्रमणकालीन न्यायसँग सम्बन्धीत विधेयकमा पिडकलाई उन्मुक्ति दिन खोजिएको भन्दै द्वन्दपीडित सुरक्षाकर्मी परिवार संस्थाले काठमाडौंको नयाँ बानेश्वरमा धर्ना दिएका हुन्।
द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारद्वारा काठमाडौंमा धर्ना

काठमाडाैं, चैत २९ : सशस्त्र द्वन्द्वका कारण पीडित सुरक्षाकर्मीका परिवारले बुधबार पनि काठमाडौंमा धर्ना दिएका छन्।

संक्रमणकालीन न्यायसँग सम्बन्धीत विधेयकमा पिडकलाई उन्मुक्ति दिन खोजिएको भन्दै द्वन्दपीडित सुरक्षाकर्मी परिवार संस्थाले काठमाडौंको नयाँ बानेश्वरमा धर्ना दिएका हुन्।

उनीहरुले सशस्त्र युद्धका बेला ज्यान गुमाएका र अंगभंग भएका व्यक्तिका परिवारलाई क्षतिपूर्तीको माग गर्नुका साथै पिडकलाई उचित सजायको व्यवस्था गर्न माग गरेका छन्।

उनीहरुले द्वन्द्वका बेला वेपत्ता भएका नागरिकलाई सार्वजनिक गर्न पनि माग गरेका छन्।

उनीहरुले आफुहरुको माग पुरा नभएसम्म राज्यलाई ध्यानाकर्षण गराउनका लािग प्रदर्शन गरिरहने जनाएका छन्। 

प्रकाशित मिति: १५:३४ बजे, बुधबार, चैत २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्