Kathmandu Press

नेटवर्किङ व्यवसायमार्फत ठगी गरेको आरोपमा युवती पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चावहिलस्थित गंगाहिटीमा भिजन ड्रिमरी प्रालि नामक कम्पनी सञ्चालन गर्दे अएकी उनले युवायुवतीलाई आकर्षक आम्दानीको लोभ देखाएर ठगी गर्दैआएकी थिइन्।
नेटवर्किङ व्यवसायमार्फत ठगी गरेको आरोपमा युवती पक्राउ

काठमाडौं, चैत २९ : नेटवर्किङ व्यवसायमार्फत ठगी गरेको आरोपमा धरानकी एक युवती पक्राउ परेकी छन्। पक्राउ पर्ने ती महिला ३५ वर्षीया जुनुकला राई रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चावहिलस्थित गंगाहिटीमा भिजन ड्रिमरी प्रालि नामक कम्पनी सञ्चालन गर्दे अएकी उनले युवायुवतीलाई आकर्षक आम्दानीको लोभ देखाएर ठगी गर्दै आएकी थिइन्।

उनले कम्पनीद्वारा उत्पादित तर गुणस्तर परीक्षण नगरिएका विभिन्न सामग्री बेचे २५ देखि ४६ प्रतिशतसम्म नाफा हुने, वैदेशिक भ्रमण गर्न पाइने भनी ११ हजार ३०० देखि ५ लाख रुपैयाँ तिराउँदै सदस्यता लिन लगाउने गरेको प्रहरीको भनाइ छ।

कम्तीमा चार सदस्य बनाए लगानी रकम फिर्ता हुने भन्दै युवायुवतीलाई काम लगाउँदै आएकी थिइन्. उनीविरुद्ध १४ जनाले लिखित र ३६ जनाले मौखिक उजुरी दिएको प्रहरीको भनाइ छ। 

प्रकाशित मिति: १३:३१ बजे, बुधबार, चैत २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्