Kathmandu Press

रसुवाको कालिकामा आँखा शिविर

जिल्ला रेडक्रसको आयोजना तथा तिलगङ्गा आँखा केन्द्र काठमाडौँको सहयोगमा सञ्चालित निःशुल्क आँखाको स्वास्थ्य शिविरमा मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ। 
रसुवाको कालिकामा आँखा शिविर

रसुवा, चैत २९ : रसुवाको कालिका गाउँपालिकामा स्वास्थ्य शिविर आयोजना गरिएको छ। जिल्ला रेडक्रसको आयोजना तथा तिलगङ्गा आँखा केन्द्र काठमाडौँको सहयोगमा सञ्चालित निःशुल्क आँखाको स्वास्थ्य शिविरमा मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ। 

दक्षिणी रसुवाको नौकुण्ड गाउँपालिका–१ लाङ्वुगाउँका ८३ वर्षीय नोच्युङ घले र उत्तरी रसुवाको गोसाइँकुण्ड गाउँपालिका–१ का ७७ वर्षीया कामीछोमु तामाङनीको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ।शल्यक्रियापछि दुवै ज्येष्ठ नागरिक अहिले हिँडडुल तथा सामान्य काम आफैँले गर्न सक्ने भएका छन्।

Hardik ivf

तिलगङ्गा आँखा केन्द्रद्वारा सञ्चालन गरिएको तीन दिवसीय निःशुल्क स्वास्थ्य शिविरमा कुल ७३ जनाको शल्यक्रिया तथा एक सय ५० जनाको आँखा परीक्षण गरिएको तिलगंगा आँखा केन्द्र रसुवाकी प्रमुख एवं नेत्र सहायक उर्मिला तामाङले जानकारी दिए। तिलगङ्गा आँखा केन्द्रकी नेत्रविषेशज्ञ डा इली प्रधान नेतृत्वको टोलीले  शल्यक्रिया गरेको हो। 

कालिकास्थानमा मङ्गलबार सम्पन्न शिविरबाट रसुवाका पाँचवटै गाउँपालिकाका नागरिक लाभान्वित भएका नेपाल रेडक्रस रसुवा शाखाका सभापति बाबुलाल तामाङले बताए। रसुवा रेडक्रससँगको सहकार्यमा तिलगंगा आँखा केन्द्रले २०६३ सालदेखि यहाँका नागरिकको आँखाको उपचार गर्दै आएको छ। गत वर्ष पनि ५९ जनाको शल्यक्रिया गरिएको रेडक्रस जिल्ला सभापति तामाङले बताए। 

प्रकाशित मिति: १२:०४ बजे, बुधबार, चैत २९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्