Kathmandu Press

तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

विभागका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक, दुई स्थानमा चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ। 
तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं, चैत २९ : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार तीनवटा प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक, दुई स्थानमा चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ। 

Hardik ivf

देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी  भूभागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

बुधबार राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी  भूभागको मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित मिति: ०७:५९ बजे, बुधबार, चैत २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्