ललितपुर महानगरपालिकामा आजदेखि कोरोनाविरुद्धको खोप अभियान
आज, भोलि र पर्सि खोप अभियान चल्ने महानगरपालिकाले जनाएको छ । महानगरले सबै खोप केन्द्रमा फाइजर कम्पनीको खोप दिने जनाएको छ ।
काठमाडौं, चैत २८ : ललितपुर महानगरपालिकामा आजदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु हुँदैछ ।
आज, भोलि र पर्सि खोप अभियान चल्ने महानगरपालिकाले जनाएको छ । महानगरले सबै खोप केन्द्रमा फाइजर कम्पनीको खोप दिने जनाएको छ । पहिलो मात्रा लगाएको तीन महिना पूरा भएका र बुस्टर मात्रा लगाएर ६ महिना पूरा भएकालाई लक्षित गरेर खोप अभियान चलाउन लागिएको हो ।
यस्तै, ललितपुरको महालक्ष्मी नगरपालिकाले पनि आज, भोलि र पर्सि कोरोनाविरुद्धको बुस्टर मात्रा खोप कार्यक्रम सञ्चालन गर्दैछ । १० वटै वडाका स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्रमा खोप कार्यक्रम हुनेछ ।
पहिलो बुस्टर मात्रा नलगाएका तथा बुस्टर मात्रा लगाएको ६ महिना पूरा भएकाहरुले खोप लगाउन सक्ने महालक्ष्मी नगरपालिकाले जनाएको छ।
प्रकाशित मिति: ०८:३३ बजे, मंगलबार, चैत २८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












