Kathmandu Press

द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारद्वारा काठमाडौंमा धर्ना

पीडकलाई उन्मुक्ति दिन ल्याइएको विधेयक संशोधन गर्नुपर्ने भन्दै द्वन्दपीडित सुरक्षाकर्मी परिवार संस्थाले सोमबार काठमाडौंको नयाँ बानेश्वरमा धर्ना दिएका हुन्।
द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारद्वारा काठमाडौंमा धर्ना

काठमाडौं, चैत २७ : सशस्त्र द्वन्द्वका कारण पीडित सुरक्षाकर्मीका परिवारले काठमाडौंमा धर्ना दिएका छन्।

पीडकलाई उन्मुक्ति दिन ल्याइएको विधेयक संशोधन गर्नुपर्ने भन्दै द्वन्दपीडित सुरक्षाकर्मी परिवार संस्थाले सोमबार काठमाडौंको नयाँ बानेश्वरमा धर्ना दिएका हुन्।

उनीहरुले सशस्त्र युद्धका बेला ज्यान गुमाएका र अंगभंग भएका व्यक्तिका परिवारलाई क्षतिपूर्तीको माग गर्नुका साथै पिडकलाई उचित सजायको व्यवस्था गर्न माग गरेका छन्।

यसअघि पनि द्वन्दमा बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनले आफूहरुमाथि विभेद गरेको उनीहरुको आरोप छ। 

प्रकाशित मिति: १६:०८ बजे, सोमबार, चैत २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्