Kathmandu Press

अनेमसंघको अध्यक्षमा टुका हमाल

काठमडाैंम भएको साताैं राष्ट्रिय अधिवेशनले हमालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
अनेमसंघको अध्यक्षमा टुका हमाल

काठमाडौं, चैत २७ : नेकपा एमालेको जनवर्गीय सङ्गठन अखिल नेपाल महिला संघको अध्यक्षमा टुका हमाल निर्वाचित भएकी छन्।

काठमडाैंम भएको साताैं राष्ट्रिय अधिवेशनले हमालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

Hardik ivf

संघको उपाध्यक्षमा शर्मिला कार्की, विमला राई पौडेल, मेनुका काफ्ले, मेनका पोखरेल, रूक्मणी राना र सुमित्रा विसी निर्वाचित भएका छन्।

महासचिवमा पेम्बा लामा, उपमहासचिवमा शान्ति अधिकारी र कोषाध्यक्ष इन्दिरा फुयाँल निर्वाचित भएका छन्।

सचिवमा विणादेवी राई, बीना साह, शारदा कुमाल, नरदेवि पुन, बीना ज्ञवाली, मीना रखाल र आशा विक निर्वाचित भएका छन्।

संघको सातौ अधिवेशन यही २५ र २६ गते काठमाडौँमा भएको थियो। एमालेले आफ्ना सबै जनवर्गीय संगठनलाई अधिवेशन यही चैत मसान्तसम्म सम्पन्न गर्ने निर्देशन दिएको थियो।

प्रकाशित मिति: १५:३९ बजे, सोमबार, चैत २७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्