Kathmandu Press

उपत्यकाका ट्राफिक बत्तीको मर्मत सुरु

सडक विभाग, सडक सुरक्षा तथा ट्राफिक शाखाले उपत्यकाका १९ चोकमा ‘अपरेसन एन्ड मेन्टेनेन्स’ कार्यक्रमअन्तर्गत मर्मत अघि बढाएको हो। 
उपत्यकाका ट्राफिक बत्तीको मर्मत सुरु

काठमाडौं, चैत २७ : उपत्यकामा ट्राफिक बत्तीको मर्मत सुरु गरिएको छ।

सडक विभाग, सडक सुरक्षा तथा ट्राफिक शाखाले उपत्यकाका १९ चोकमा ‘अपरेसन एन्ड मेन्टेनेन्स’ कार्यक्रमअन्तर्गत मर्मत अघि बढाएको हो। 

Hardik ivf

उपत्यकाका विभिन्न स्थानमा विभिन्न समयमा जडान भएको ट्राफिक बत्ती मर्मत भइरहेको शाखाकी इन्जिनियर आश्मा न्यौपानेले बताए। उनका अनुसार अहिले बानेश्वर, तीनकुने, सिंहदरबारलगायत भक्तपुरका विभिन्न चोकमा मर्मत भइरहेको छ। 

'ट्राफिक बत्तीको सञ्चालन र नियन्त्रण ट्राफिक प्रहरीले गर्ने हुँदा उहाँहरुसँग समन्यमा मर्मत भइरहेको छ,' उनले भने।  काठमाडौं उपत्यकामा चालु आर्थिक वर्षमा थप स्थानमा बत्ती जडानको योजना नरहेको र पहिले जडान भइसकेको बत्तीलाई नै मर्मत गरेर सञ्चालन गर्ने लक्ष्य रहेको इञ्जिनियर न्यौपानेले जानकारी दिए।

शाखाले चालु आवमा सातदोबाटो, महालक्ष्मीस्थान, चापागाउँ दोबाटो, धोबीघाट, बल्खु र कलङ्कीमा ट्राफिक बत्ती जडान गरिसकेको छ। चीन सरकारको सहयोगमा विस्तार भएको चक्रपथको यो खण्डमा बत्ती जडान गरिएको हो। 

सडक विभागबाहेक अरू निकायलेसमेत जडान गरेका गरी ५६ चोकमा ट्राफिक बत्ती जडान भएका छन्। उपत्यकाका नगरपालिका र वडा कार्यालयले पनि आवश्यकताका आधारमा बत्ती जडान गरिरहेका छन्।  विभागले हालसम्म उपत्यका बाहिर भने थोरै ठाउँमा मात्रै बत्ती जडान गरेको छ। 

प्रकाशित मिति: १४:२८ बजे, सोमबार, चैत २७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्