Kathmandu Press

आठ वर्षमा बन्यो रामपुर अस्पताल

अस्पताल २०७२ सालमा पचास शय्यामा स्तरोन्नति भए ता पनि १५ शय्याकै पुरानो भवनबाट खुम्चिएर सेवा दिइएको थियो।
आठ वर्षमा बन्यो रामपुर अस्पताल

पाल्पा, चैत २६ : सरकारी तवरमा पाल्पाकै सबैभन्दा ठूलो अस्पताल रामपुरमा निर्माण भएको छ। करिब आठ वर्षमा ५० शय्याको रामपुर अस्पताल भवन निर्माण भएको हो।

नयाँ भवनको संरचना तयार भएपछि विशेषज्ञसहितको सेवा पाउने आशामा स्थानीय छन्। अस्पताल २०७२ सालमा पचास शय्यामा स्तरोन्नति भए ता पनि १५ शय्याकै पुरानो भवनबाट खुम्चिएर सेवा दिइएको थियो।

Hardik ivf

नयाँ भवन निर्माण भएपछि सेवा प्रवाहमा धेरै सहज हुने स्थानीयवासी तथा अस्पताल विकास समितिका पूर्वउपाध्यक्ष फणेश्वर गौतम बताए।

 ‘पचास शय्यामा स्तरोन्नति भए तापनि भवन तयार नभएकाले विशेषज्ञ सेवा सञ्चालन हुन नसक्दा यस क्षेत्रका स्थानीय विशेषज्ञ सेवा लिन बुटवल, पोखरा, काठमाडौं, चितवन जानुपर्ने बाध्यता बन्यो’, उनले भने, ‘भवनको संरचना तयार भएको हुँदा सो सेवा रामपुरबाटै पाएपछि स्थानीयलाई अन्यत्र जानुपर्ने समस्या हट्नेछ।’
       
एक हजार सात सय वर्गमिटरमा फैलिएर तयार भएको अस्पतालको भवनसहितको संरचना भ्याटबाहेक रविना कन्ट्रक्सन प्रालि काठमाडौंले २०७२ कात्तिक १७ गते सम्झौता गरी २० करोड दुई लाखको लागतमा भवन निर्माण गरेको हो।

प्रकाशित मिति: १२:०८ बजे, सोमबार, चैत २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्