दुर्गम क्षेत्रमा आँखा उपचारको पहुँच पुर्याउन उपराष्ट्रपति यादवकाे सुझाव

काठमाडाैं, चैत २६ : उपराष्ट्रपति रामसहायप्रसाद यादवले देशका दुर्गम क्षेत्रमा आँखा उपचारको पहुँच पुर्याउनका सुझाव दिएका छन।
आइतबार काठमाडौंमा नेपाल आँखा अस्पतालको स्वर्ण महोत्सव उद्घाटन गर्दै उनले अन्धोपनको न्यूनीकरण र आँखा सेवा विस्तारमा केही सफलता हासिल भए पनि दुर्गममा सेवा विस्तार अझै चुनौतीका रूपमा रहेको बताए।
उनले नेपाल आँखा अस्पतालले विश्व स्वास्थ्य सङ्गठनको निर्दिष्ट सन् २०३० सम्म आँखा सेवामा निर्धारण गरेको लक्ष्य राष्ट्रिय रुपमा हासिल गर्न सरकारसँग सहकार्य गरी अघि बढ्नुपर्ने बताए । आँखा उपचार सेवा, जनशक्ति उत्पादन एवं सामुदायिक कार्यक्रमबाट अन्धोपन न्यूनीकरणमा सबै आँखा अस्पतालले महत्वपूर्ण भूमिका खेलेको उनले बताए।
अस्पतालका अध्यक्ष डा गोपालप्रसाद पोखरेलले अस्पतालले स्थापनायता ३१ लाख ८२ हजार पाँच सय ७९ जनालाई सेवा उपलब्ध गराएको जानकारी दिए।












