को हुन् बागमतीका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तीर्थ लामा ?
दोस्रो संविधानसभा निर्वाचनमा काभ्रे १ बाट निर्वाचन भएका थिए। त्यसअघि त्यो क्षेत्र कम्युनिस्ट गढका रुपमा परिचित थियो। त्यो क्षेत्र पहिलो संविधानसभामा कांग्रेसले ७ हजार मत ल्याएको थियो, तर उनले १२ हजार बढी मत ल्याएर विजयी भए।
काठमाडाैं, चैत २६ : बागमती प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएको छ। सरकारमा कांग्रेसका दुई मन्त्री थपेर मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आजै मन्त्रिपरिषद् विस्तार गरेका छन्।
कांग्रेसबाट संसदीय दलका नेता बहादुरसिंह लामा र तीर्थ लामा मन्त्री बन्ने छन्। बहादुरले आर्थिक मामिला तथा योजना मन्त्रालय पाएका छन् भने तीर्थ लामाले खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयको जिम्मेवारी पाएका छन्।
को हुन् तीर्थ लामा ?
तीर्थ लामाको जन्म २०३१ असार ९ मा साविक सिपाली चिलाउने–१ मा भयो । अहिले नेपाली कागेसका सभापति हुन् लामा । गत मंसिरमा भएको निर्वाचन लामा काभ्रे १(ख)का प्रदेशसभामा निर्वाचति भएका थिए।
दोस्रो संविधानसभा निर्वाचनमा काभ्रे १ बाट निर्वाचित भएका थिए। त्यसअघि त्यो क्षेत्र कम्युनिस्ट गढका रुपमा परिचित थियो। त्यो क्षेत्र पहिलो संविधानसभामा कांग्रेसले ७ हजार मत ल्याएको थियो, तर उनले १२ हजार बढी मत ल्याएर विजयी भए।

२०७४को प्रतिनिधिसभा पनि सोही क्षेत्रबाट उठे । तर, माओवादी केन्द्र र एमालेले गठबन्धन गरेका कारण उनी ४ हजार मततान्तरले पराजित भए।
वि.सं. २०६४ बाट नेपाली कांग्रेसको राजनीति सुरु गरेका लामा सोही वर्ष क्षेत्रीय उपसभापति मनोनित भएका थिए । कांग्रेसको १२औं र १३औं महाधिवेशनमा उनी लागतार दुई पटक क्षेत्रीय सभापति निर्वाचित भए ।
काभ्रे २ क्षेत्रमा विभाजित भएपछि उनी क्षेत्र नं.१ को क्षेत्रीय सभापति बने। १४औं महाधिवेशनबाट उनी जिल्ला सभापतिमा निर्वातिच भए।
विं.सं. २०७०मा उनी कांग्रेस संसदीय दल कार्यसमितिको सदस्य निर्वाचित भए । र, संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिको सदस्य भएर भूमिका निर्वाह गरे ।













