मिटरब्याजपीडितद्वारा भद्रकालीमा विरोध प्रदर्शन
मिटरब्याज तथा ठगी विरुद्ध किसान–मजदुर संघर्ष समितिले आइतबार काठमाडौंको भद्रकालीमा प्रदर्शन गरेका हुन्। विरोध प्रदर्शन गर्दै सिंहदरबार जान लागेका उनीहरुले प्रहरीले भद्रकालीमा नै रोकेका थियो।
काठमाडाैं, चैत २६ : चक्रवृत्ति तथा मिटरब्याजीलाई कारबाही गर्नुपर्ने मागसहित मिटरब्याजीबाट पीडितहरुले आइतबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्।
मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समितिले आइतबार काठमाडौंको भद्रकालीमा प्रदर्शन गरेका हुन्। विरोध प्रदर्शन गर्दै सिंहदरबार जान लागेका उनीहरुले प्रहरीले भद्रकालीमा नै रोकेका थियो।
उनीहरुले चक्रवृति तथा मिटरब्याजीलाई कारवाही गर्नुपर्ने, जाली तमसुक तथा पीडितको जमिन फिर्ता गर्नुपर्ने लगाएतमा माग राखेका छन्।
विरोधका क्रममा उनीहरुले फर्जी तमसुक खारेज गर, किसानको भूमि फिर्ता गर, फर्जी तमसुकका आधारमा भूमि लिलामी बन्द गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए।
यस्तै आफ्ना मागहरुका बिषयमा सरकारसँग छलफल गर्न मिटरब्याजपीडितहरुले वार्ता टोली समेत गठन गरेका छन्।
प्रकाशित मिति: १६:१४ बजे, आइतबार, चैत २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












