Kathmandu Press

विभिन्न सांस्कृतिक कार्यक्रम सहित मनायो एभीएसले अभिभावक दिवस

पोखरा विश्वविद्यालयका पुर्वकुलपति तथा नेपाल प्राध्यापक संघका पुर्व केन्द्रीय अध्यक्ष प्राध्यापक खगेन्द्र प्रसाद भट्टाराईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमसँगै  कलाकारले कला प्रस्तुत गरेका थिए । 
विभिन्न सांस्कृतिक कार्यक्रम सहित मनायो एभीएसले अभिभावक दिवस

काठमाडौं, चैत २६ : अन्नपूर्ण विनायक स्कुल (एभीएस) ले विभिन्न कार्यक्रम गरी ‘वार्षिकोत्सव अभिभावक दिवस’मनाएको छ ।

काठमाडौको तीनकुने, गैरीगाउँमा रहेको उक्त विद्यालयले शनिबार ‘वार्षिकोत्सव अभिभावक दिवस तथा बृहत सांस्कृतिक कार्यक्रम–२०७९’ कार्यक्रम आयोजना गरेको हो ।

Hardik ivf

पोखरा विश्वविद्यालयका पुर्वकुलपति तथा नेपाल प्राध्यापक संघका पुर्व केन्द्रीय अध्यक्ष प्राध्यापक खगेन्द्र प्रसाद भट्टाराईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमसँगै  कलाकारले कला प्रस्तुत गरेका थिए । 

पीजी गुप्रदेखि ९ कक्षा सम्मका बिद्यार्थीलाई लक्षित गर्दै उनीहरुमा भएको निहित प्रतिभालाई प्रस्फुटन गराउन तथा बालबालिकामा आत्मविश्वास बढाउन र व्यवहारिक ज्ञानको अनुभव दिलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको एभीएसका प्रिन्सिपल विनोदकुमार शाहले बताए । 

कार्यक्रममा कलाकाहरुले लोकसंस्कृति झल्किने नृत्य, सांगीतिक प्रस्तुतिका साथै हास्यव्यंग प्रस्तुत गरेका थिए । 
 
प्रकाशित मिति: ०८:४९ बजे, आइतबार, चैत २६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्