Kathmandu Press

लायन्स क्लबले प्रजातान्त्रिक भूमिका निर्वाह गरेको छ सभामुख घिमिरे

‘लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट तीन सय २५ एम नेपाल’को प्रथम अधिवेशनमा सभामुख घिमिरेले क्लबले समाजमा स्वास्थ्य, शिक्षा, स्वच्छ वातावरणलगायत विपत्तिमा गरेका भूमिका प्रशंसनीय रहेको बताए।
लायन्स क्लबले प्रजातान्त्रिक भूमिका निर्वाह गरेको छ सभामुख घिमिरे

काठमाडौं, चैत २५ : सभामुख देवराज घिमिरेले लायन्स क्लबले प्रजातान्त्रिक भूमिका निर्वाह गर्दै आएको बताएका छन्।

‘लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट तीन सय २५ एम नेपाल’को प्रथम अधिवेशनमा सभामुख घिमिरेले क्लबले समाजमा स्वास्थ्य, शिक्षा, स्वच्छ वातावरणलगायत विपत्तिमा गरेका भूमिका प्रशंसनीय रहेको बताए।

Hardik ivf

‘२०७२ को भूकम्पमा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट तीन सय २५ एम नेपालमार्फत ४५ करोडभन्दा बढी लगानी गरी विभिन्न भवन निर्माण, विद्यार्थीको पठनपाठनमा सहजीकरण गरी शिक्षा क्षेत्रमा ठूलो योगदान भएको छ,’ उनले भने।

लायन्सले त्रिभुवन विश्वविद्यालयको प्रांगणमा आधुनिक ‘टियु लाइन्स ब्लड बैंक’ स्थापना गर्ने नेतृत्व लिएकामा सम्बन्धित निकायले पहल गरी छिट्टै सञ्चालनमा ल्याउनुपर्ने उनको भनाइ छ।

लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट तीन सय २५ एम नेपालका डिस्ट्रिक्ट गभर्नर महेन्द्र पौडेलले विश्वमा सात सय ४३ भन्दाबढी डिस्ट्रिक्टमा पहिलो डिस्ट्रिक्ट गर्भनर घोषित भएसँगै जिम्मेवारीलाई आत्मसात् गरेकाले क्लबका कमीकमजोरी पहिचान गरी विश्वमै अब्बलरुपमा स्थापित हुन पहल गर्ने बताए।

प्रकाशित मिति: १८:२१ बजे, शनिबार, चैत २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्