Kathmandu Press

नुवाकोटमा सिन्दुरे जात्रा मनाइँदै

जात्राको मुख्य एवं विशेष दिन आज अपराह्न ३ बजेपछि विदुर नगरपालिका–२ भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाउन लागिएको हो।
नुवाकोटमा सिन्दुरे जात्रा मनाइँदै

नुवाकोट, चैत २५ : नुवाकोटको ऐतिहासिक भैरवी वर्ष बन्धन–२०७९ को विशेष दिन आज सिन्दुरे जात्रा मनाउन लागिएको छ।

जात्राको मुख्य एवं विशेष दिन आज अपराह्न ३ बजेपछि विदुर नगरपालिका–२ भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाउन लागिएको हो।

गत बिहीबार मध्यरातमा देवीघाटस्थित जालपादेवी मन्दिर नुवाकोटका ८५ वर्षीय धामी हरिमानसिंह डङ्गोल र ८३ वर्षीया धमिनी ज्ञानुमायाँ डङ्गोल आज बिहान धरमपानी पगेकेका छन्।

Hardik ivf

भैरवी वर्षबन्धन–२०७९ को सिन्दुरे जात्राका लागि लच्याङका ३२ नोले, ६० डोकेको नेतृत्वमा स्थानीय, जात्रालु, तीर्थालु एंव सुरक्षाकर्मीसहितले जालपादेवी मन्दिर देवीघाटमा पुर्‍याइएको भैरवीदेवीको रथ शुक्रबार साँझ ‘फिर्ती सवार’ गराएर आज बिहानीपख धरमपानीमा पुर्‍याइएको छ।

बिहीबार राति जालपादेवी मन्दिर पुगेका धामीसहितको लावालस्कर पनि शुक्रबार मध्यरातमा देवीघाटबाट नुवाकोटतर्फ फर्काइएको छ। देवीघाटबाट मध्यरातमा लाम बगैंचा, वाणाचौतारो, इनारपाटी, बट्टारको पुरानोपाटी, बट्टारबजार चोक, नुवाकोटको वन हुँदै धर्मपानीमा पुगेर अहिले विश्राम गरिरहेको नुवाकोट दरबार मौला अमालका द्धारे महेन्द्रकुमार शाहीले जानकारी दिए।

RN-BetrabatiNuwakot-SindhureJatra11680932589.jpg

जालपादेवी मन्दिरमा पुर्‍याइएको भैरवीदेवी, अष्टमात्रिकासहितको रथयात्राको स्थानीयवासीसहित तीर्थालु, जात्रालुले शुक्रबार साँझ जालपादेवी र भैरवीदेवीको जय–जयकार गरी देवीघाटबाट बिदाइ गरेका थिए। धामीधमिनी सहितको लावलस्कर भने मध्येरातको सङ्कटासन्न समयमा जालपादेवी मन्दिरबाट नुवाकोटतर्फ फर्काइएको छ।

‘धामीलाई शक्ति स्वरुपमा भगवान भैरवीदेवीको प्रतीकका रुपमा गु्रजुको तान्त्रिकविधि चढाइएको हुन्छ’, उनले भने, ‘धामीले प्रत्यक्ष रुपमा भगवानसँग साक्षत्कारका क्रममा देवीदेवता साथमा लिएको (सल्बलाएको) हुन्छ, सोही कारण धामीलाई मध्यरातमा कोही कसैले नदेख्ने गरेर फर्काइन्छ।’

सिन्दुरे जात्रा सरकारी जात्राका रुपमा राष्ट्र प्रमुखको निर्देशनमा सञ्चालन हुने गर्दछ ।

भक्तजन तथा जात्रालु, तीर्थालुले धामी–धमिनी एवं जालपादेवी र भैरवीदेवी मन्दिरको एकै स्थानमा दर्शन गर्न पाउने अवसर हरेक वर्ष चैत शुक्ल पूर्णिमाको अवसरमा जुर्ने गरेको छ।

भैरवी वर्ष बन्धनअन्तर्गत मनाइने सिन्दुरे जात्रा सरकारी जात्रा भए पनि नुवाकोटवासीले साझा पर्व र गौरवपूर्ण इतिहासप्रतिको सम्मानका साथ मनाउने गरेका छन्।

गत फागूपुर्णिमामा लिङ्गो काटेर सुरु भएको भैरवी वर्षबन्धनको मुख्य दिन आज सिन्दुर खेलेर मनाए पनि लिङ्गो बिसर्जन लगायतका बाँकी धार्मिक विधि र प्रक्रिया दशमी (आगामी वैशाख २ गते) सम्म चल्नेछ ।

प्रकाशित मिति: ११:१८ बजे, शनिबार, चैत २५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्