अभिलेख संरक्षणसम्बन्धी विधेयक स्वीकृत
प्रतिनिधिसभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किरातीले प्रस्तुत गरेको राष्ट्रियसभाबाट सन्देशहसहित प्राप्त ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत भएको हो।
काठमाडौं, चैत २४ : प्रतिनिधिसभाबाट ‘अभिलेख संरक्षण ९पहिलो संशोधन० विधेयक, २०७८ स्वीकृत भएको छ।
प्रतिनिधिसभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किरातीले प्रस्तुत गरेको राष्ट्रियसभाबाट सन्देशहसहित प्राप्त ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत भएको हो।
मन्त्री किरातीले प्रस्तावमाथि उठेका जिज्ञासाका सम्बन्धमा अभिलेख संरक्षणसम्बन्धी व्यवस्था प्रविधिमैत्री बनाउन कानुन संशोधनको आवश्यकता परेको बताउनुभयो। उक्त प्रस्तावको सैद्धान्तिक छलफलमा सांसदहरू सुमना श्रेष्ठ, हितराज पाण्डे, मेटमणि चौधरी, रामकृष्ण यादव, महेशकुमार वर्तौला, नागिना यादव, सोविता गौतमलगायतले भाग लिनुभएको थियो।
उहाँहरूले संसारको सबैभन्दा मूल्यमान वस्तु अभिलेख भएकाले अभिलेख व्यवस्थित र सुरक्षित तथ्याङ्क राख्ने उद्देश्य रहेको विधेयकलाई समृद्ध तुल्याउन सबै पक्ष र पाटोबाट सहयोग हुन आवश्यक बताएका थिए।
यसअघि बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट संस्कृत, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको चौथो वार्षिक प्रतिवेदन, २०७९’ पेश गर्नुभएको थियो।
प्रतिनिधिसभाको अर्को बैठक यही चैत २७ गते दिउँसो १ बजे बस्नेछ।