Kathmandu Press

नेपाली सेनाले माग्यो अमल्दार कर्मचारीदेखि फिल्म निर्देशकसम्म 

सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले उपसेनानी, एमबिबिएस डाक्टर, फार्मेसिष्ट, फिल्म निर्देशक, सिभिल इन्जिनियर, एयर ट्राफिक कन्ट्रोलरलगायत विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ।
नेपाली सेनाले माग्यो अमल्दार कर्मचारीदेखि फिल्म निर्देशकसम्म 

काठमाडौं, चैत २४ : नेपाली सेनाले विभिन्न पदमा जागिर खुलाएको छ।

सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले उपसेनानी, एमबिबिएस डाक्टर, फार्मेसिष्ट, फिल्म निर्देशक, सिभिल इन्जिनियर, एयर ट्राफिक कन्ट्रोलरलगायत विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ।

सेनाले प्राड, प्राविधिक, हवाई र विविध सेवातर्फका अधिकृत पदका लागि इच्छुकहरूबाट दरखास्त मागेको हो। यस्तै सेनाले प्राविधिक अमल्दार कर्मचारीका लागि पनि भर्ना खुलाएको छ । 

सेनाको वेबसाइटमा गएर दरखास्त फारम भर्न सकिन्छ। भरेको फारम प्रिन्ट गरेर स्वयम नेपाली सेनाको केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्भू पुगेर बुझाउनुपर्ने हुन्छ।

आजदेखि २०८० वैशाख २३ गतेसम्म तोकिएको भर्ना केन्द्रमा पुगेर दरखास्त फारम बुझाउन सकिन्छ।

प्रकाशित मिति: ०७:३५ बजे, शुक्रबार, चैत २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्