Kathmandu Press

पैसाकाे ओछ्यान लगाएर टिकटक बनाउने युवकलाई प्रहरीले सचेत गरायाे

पैसाकाे ओछ्यान लगाएर टिकटक बनाउने युवकलाई प्रहरीले सचेत गरायाे

काठमाडाैं, चैत २३ : टिकटकमा पैसाको ओछ्यान लगाएर भिडियाे बनाएका युवकलाई प्रहरीले सचेत गराएको छ। महोत्तरी बर्दिबास-१ स्थायी घर भई ललितपुरको महालक्ष्मी नगरपालिका-५ टीकाथली बस्ने बस्ने Fi_Venom99 ID प्रयोगकर्ता सुलभ आचार्यलाई प्रहरीले बोलाएको हो। 

पैसा बिछ्याएर सुतेको भिडियाे सामाजिक सञ्जालमा देखिएपछि प्रहरीले आचार्यलाई बोलाएको जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी भुवनेश्वरप्रसाद साहले जानकारी दिए। 

Hardik ivf

‘गुनासो आएपछि हाम्रो ध्यानाकर्षण भयो। खोजी गरी को हो भन्ने पत्ता लगायौं,’ उनले भने, ‘बोलाएर सचेत गराएका छौं।’

सोधपुछ गर्दा उनले विदेश पढ्न जानका लागि कलेजलाई बुझाउन पर्ने पैसा रमाइलो गर्न खाटमा बिछ्याएर भिडिओ बनाएको  बताएका छन्। 

अबदेखि त्यस्ता खालका टिकटक भिडियाे बनाएर अपलोड नगर्ने शर्तमा आचार्यलाई छाडिएको डिएसपी साहले बताए। 

प्रकाशित मिति: १७:३७ बजे, बिहीबार, चैत २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्