Kathmandu Press

कर्णाली र कोशी प्रदेशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना

कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशको  पहाडी भूभागका एक,दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का तथा क्षणिक वर्षाको सम्भावना रहेको छ।
कर्णाली र कोशी प्रदेशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं, चैत २३ : जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बिहीबार) दिउँसो कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी पहाडी भू–भाग लगायत सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। 

Hardik ivf

कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशको  पहाडी भूभागका एक,दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का तथा क्षणिक वर्षाको सम्भावना रहेको छ।

बिहीबार राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

प्रकाशित मिति: ०८:०५ बजे, बिहीबार, चैत २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्