Kathmandu Press

रूखमा झुण्डिएर प्रहरी जवानले गरे आत्महत्या

रूखमा झुण्डिएर प्रहरी जवानले गरे आत्महत्या

मुगु, चैत २२ : मुगुकाे कनकासुन्दरी गाउँपालिका ९ मा एक प्रहरी जवानले आत्महत्या गरेका छन् । २६ वर्षीय अनिल बुढाले बुधबार दिउँसो करिब २ः४५ बजेतिर रूखमा झुण्डिएर आत्महत्या गरेका हुन।

जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार बुढा छाँयानाथ रारा नगरपालिका वडानम्बर-१ स्थित रानिवन जंगलमा सल्लाको रूखमा झुण्डीएकाे अवस्थामा फेला परेका थिए।

मृतक नेपाल प्रहरी विशेष सुरक्षा गण सुर्खेत हाल नेपालगंज कोहलपुर बाँके दरबन्दि भई यस जिल्ला प्रहरी कार्यालय मुगुमा काज सरूवा भएर अस्थायी प्रहरी पोष्ट कालिका मालिकामा कार्यरत रहेका थिए।

बुढाको मुचुल्का उठाएर पोष्टमार्टमको लागि जिल्ला अस्पताल मुगुमा लगिएको र घटनाको बिषयमा अनुसन्धान भइरहेकाे छ।

प्रकाशित मिति: १९:१२ बजे, बुधबार, चैत २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्