मिटरब्याजीपीडितले गरे माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन
विरोधका क्रममा उनीहरुले फर्जी तमसुक खारेज गर, किसानको भूमि फिर्ता गर, फर्जी तमसुकका आधारमा भूमि लिलामी बन्द गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए।
काठमाडाैं, चैत २२ : मिटरब्याजीबाट पीडित भएको काठमाडौं आएकाहरुले बुधबार प्रदर्शन गरेका छन्।
मिटर व्याज तथा ठगी विरुद्ध किसान–मजदुर संघर्ष समितिले बुधबार काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन्।
उनीहरुले चक्रवृति तथा मिटर व्याजीलाई कारवाही गर्नुपर्ने। जाली तमसुक तथा पीडितको जमिन फिर्ता गर्नुपर्ने लगाएतमा माग राखेका छन्।
विरोधका क्रममा उनीहरुले फर्जी तमसुक खारेज गर, किसानको भूमि फिर्ता गर, फर्जी तमसुकका आधारमा भूमि लिलामी बन्द गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए।
सरकारले आयोगमार्फत मिटरब्याजको समस्यालाई समाधान गर्ने भन्दै घर फर्कन आग्रह गरेपनि उनीहरुले भने आफ्ना माग पुरा नभएसम्म नफर्किने अडान राखेका छन्।
प्रकाशित मिति: १६:५२ बजे, बुधबार, चैत २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार