Kathmandu Press

इप्पानको आयोजनामा वैशाख पहिलो साता काठमाडौंमा पावर समिट हुने

इपानले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हरित ऊर्जाको बजार विस्तारिकण भन्ने नाराका साथ पावर समिट बैंशाख ५ र ६ गते काठमाडौंमा हुने जानकारी गराएको हो।
इप्पानको आयोजनामा वैशाख पहिलो साता काठमाडौंमा पावर समिट हुने

काठमाडाैं, चैत २२ : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानको आयोजनामा वैशाख पहिलो साता काठमाडौंमा पावर समिट २०२३ आयोजना हुने भएको छ।

इपानले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हरित ऊर्जाको बजार विस्तारिकण भन्ने नाराका साथ पावर समिट बैंशाख ५ र ६ गते काठमाडौंमा हुने जानकारी गराएको हो।

Hardik ivf

३० भन्दा बढि देशका ३०० अन्तराष्ट्रिय प्रतिनिधिसहित सरकारका उच्च अधिकारी, विद्युत उत्पादकहरु, बित्तिय संस्थाहरु लगाएतका प्रतिनिधिको सहभागीता हुने पावर समिटको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने इपानले जनाएको छ।

आठौं संस्करणको पावर समिट ऊर्जा क्षेत्रमा संलग्न सवैका लागि सञ्जाल बनाउने र एक अर्काबाट अनुभव आदान प्रदान गर्ने ठूलो अवसर भएको इपानका अध्यक्ष कृष्ण प्रसाद आचार्यले जानकारी दिए।

सम्मेलनका क्रममा नेपाली जलविद्युत आयोजना र भारतीय क्रेताबीच प्रत्यक्ष विद्युत खरिद सम्झौताका लागि एमओयुमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ भने सम्मेलने नवीकरणीय ऊर्जाको विकास र बजार विस्ताका लागि अन्य सम्झौता र समझदारीमा हस्ताक्षर गरिने आचार्यले बताए। उनले २०७५ मा घोषणा गरेको १० बर्षमा १० हजार मेगावाट उत्पादन गर्ने लक्ष्यको नजिक पुगिएको जानकारी दिए।

उहाले अहिलेको अवस्थामा उत्पादनसंगै खपत बढाउनुपर्ने आवश्यकता रहेको धारणा राखे। अहिलेको अवस्थामा विद्युत प्राधिकरणलाई मात्रै बिद्युतको व्यापार गर्ने एकाधिकार रहेको र प्राधिकरणले ६८ सालमा तोकिएको बिद्युत खरिद रेट अहिलेसम्म कायम रहेपनि नीजि क्षेत्र उत्पादनमा लागिरहेको उनले बताए। 

प्रकाशित मिति: १५:५७ बजे, बुधबार, चैत २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्