Kathmandu Press

दिवंगत अर्जुन बुढाथोकीप्रति नेकपा एसद्वारा श्रद्धाञ्जली

बुधबार पार्टी कार्यालयमा पार्टी अध्यक्ष माधव कुमार नेपालले पार्टीको झण्डा ओढाएर बुढाथोकीप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्।
दिवंगत अर्जुन बुढाथोकीप्रति नेकपा एसद्वारा श्रद्धाञ्जली

काठमाडौं, चैत २२ : मंगलबार बिहान निधन भएका नेकपा एकीकृत समाजवादीका केन्द्रीय कमिटी सदस्य अर्जुन बुढाथोकीप्रति पार्टीका नेताहरुले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

बुधबार पार्टी कार्यालयमा पार्टी अध्यक्ष माधव कुमार नेपालले पार्टीको झण्डा ओढाएर बुढाथोकीप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्।

असामयिक निधन हुनु भएका बुढाथोकीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि बुधबार पार्टीको केन्द्रिय कार्यालयमा राखिएको थियो।

पार्टीका  केन्द्रीय सदस्य  बुढाथोकीको निधन प्रति अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ खनाल महासचिव घनश्याम भुसाल सहितका नेताहरूले दुख व्यक्त गदै  उहाँको निधनले पार्टीलाई अपुरणीय क्षति पुर्याएको बताएका छन्। 

प्रकाशित मिति: १४:५३ बजे, बुधबार, चैत २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्