Kathmandu Press

प्रमुख प्रशासकीय अधिकृतसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियारले मरासेनी, लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी र जिन्सी शाखा प्रमुख सुरेशप्रसाद यादवलाई १ लाख ९९ हजार ८९७ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको हो।
प्रमुख प्रशासकीय अधिकृतसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Hardik ivf

काठमाडौं, चैत २२ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनीसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले मरासेनी, लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी र जिन्सी शाखा प्रमुख सुरेशप्रसाद यादवलाई १ लाख ९९ हजार ८९७ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको हो।

सफ्टवेयर खरिद गरी प्रयोग नै नगरी सरकारी सम्पत्ति बदनियतपूर्वक हानिनोक्सानी गराएको आरोप उनीहरुमाथि लगाइएको छ।

प्रकाशित मिति: १४:४० बजे, बुधबार, चैत २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्