Kathmandu Press

राष्ट्रिय सहकारी महासम्मेलन चैत २३ देखि काठमाडौंमा

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र राष्ट्रिय सहकारी महासंघ नेपालको संयुक्त आयोजनामा हुने महासम्मेलन चैत्र २५ गतेसम्म चल्नेछ।
राष्ट्रिय सहकारी महासम्मेलन चैत २३ देखि काठमाडौंमा

काठमाडौं, चैत २२ : सहकारीको दिगोपनका लागि स्वनियम तथा सुशासन भन्ने मूल नाराका साथ तेस्राे राष्ट्रिय सहकारी महासम्मेलन चैत २३ गतेदेखि काठमाडौंमा सुरु हुने भएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र राष्ट्रिय सहकारी महासंघ नेपालको संयुक्त आयोजनामा हुने महासम्मेलन चैत्र २५ गतेसम्म चल्नेछ।

Hardik ivf

यस महासम्मेलनमा ११ वटा विषयमा व्यापक छलफल हुनेछ। जसमा पूर्वअर्थमन्त्री, मन्त्रीहरु, पूर्वगभर्नर, सचिवहरुसहित अन्तर्राष्ट्रिय सहकारी विज्ञहरुको प्रस्तुति रहनेछ।

साथै, अस्ट्रेलिया, जापान, भारत लगायतका  विज्ञहरुको पनि मुख्य प्रस्तुति महासंघका अध्यक्ष मीनराज कँडेलले जानकारी दिए।

महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा प्रत्येक ५ र ५ वर्षमा राष्ट्रिय सहकारी महासम्मेलन हुँदै आएको छ।

प्रकाशित मिति: १२:५८ बजे, बुधबार, चैत २२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्