Kathmandu Press

बागलुङमा ट्याक्टरले किच्दा युवकको मृत्यु

गलकोट नगरपालिका–११ रिघा मनेवामा ट्याक्टरले किच्दा पूर्वी नवलपरासी घर भई मनेवा मामाघर आएका २३ वर्षीय दिपेश सलामीको मृत्यु गएको हो।
बागलुङमा ट्याक्टरले किच्दा युवकको मृत्यु

बागलुङ, चैत २२ : बागलुङमा ट्याक्टरले किच्दा एक युवकको मृत्यु भएको छ।

गलकोट नगरपालिका–११ रिघा मनेवामा ट्याक्टरले किच्दा पूर्वी नवलपरासी घर भई मनेवा मामाघर आएका २३ वर्षीय दिपेश सलामीको मृत्यु गएको हो।

Hardik ivf

बडिगाड गाउँपालिका–२ खर्बाङ बजारबाट गलकोट नगरपालिका–३ हटियाबजार आउँदै गरेको ध१त ६०९ नंको ट्याक्टर मध्यपहाडी लोकमार्गबाट खस्दा च्यापिएर सलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए।

ट्याक्टर लोकमार्गदेखि १५ मिटर तल होमबहादुर सिंजालीको घरमाथि खसेको थियो । घरमाथि खसेको ट्याक्टरले च्यापिँदा सलामी घाइते भएको र उद्धार गर्दागर्दै मुत्यु भएको खड्काले बताए।

ट्याक्टर चालक गलकोट नगरपालिका–९ मा बस्दै आएका २३ वर्षीय डिक्सन पुनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ११:३० बजे, बुधबार, चैत २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्