मधेश सरकारमा जाने कांग्रेस, नेकप एस र लोसपाको तयारी
मधेश प्रदेशसभामा २२ सांसदसहित दास्रो ठूलो दल रहेको कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले केन्द्रबाट संकेत पाउने बित्तिकै मधेश सरकारमा सहभागी हुने बताए।
धनुषा, चैत २१ : एमालेले मधेश सरकारबाट बाहिरिएसँगै कांग्रेस, एकीकृत समाजवादी र लोसपा सरकारमा सहभागी हुने तरखरमा छन्। तीनै दल पार्टीको केन्द्र र मुख्यमन्त्रीको निर्णयको पर्खाइमा छन्।
मधेश प्रदेशसभामा २२ सांसदसहित दास्रो ठूलो दल रहेको कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले केन्द्रबाट संकेत पाउने बित्तिकै मधेश सरकारमा सहभागी हुने बताए।
मधेश प्रदेशसभामा कांग्रेसका २२सँगै लोसपाको ९ र नेकपा एसको ९ सांसद छन्।
यी सबै दलले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएका छन् ।
एमालेका मन्त्रीहरुले मंगलबार सरकार छाडेपनि सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेका छैनन् ।
प्रकाशित मिति: १७:५१ बजे, मंगलबार, चैत २१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार