कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा
प्रदेशसभबाट विश्वासको मत नपाउने देखेपछि मुख्यमन्त्री कँडेलले शनिबार बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा दिएका हुन्।
सुर्खेत, साउन ९ : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले राजीनामा दिएका छन्।
प्रदेशसभबाट विश्वासको मत नपाउने देखेपछि मुख्यमन्त्री कँडेलले शनिबार बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा दिएका हुन्।
गत असार ३२ गते काँग्रेस र नेकपाका १६ सांसदले मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा दर्ता गराएका थिए।
गत असार ३१ गते कर्णाली प्रदेश सरकारबाट सत्ता साझेदार दल काँग्रेसका चार मन्त्रीहरूले सामूहिक राजीनामा दिएपछि मुख्यमन्त्री कँडेल अल्पमतमा परेका थिए।
कँडेल २०८० साल चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए। त्यति बेला उनलाई नेकपाले समर्थन गरेको थियो, नेकपा बाहिरिएपछि उनलाई कांग्रेसले समर्थन गरेको थियो।
प्रकाशित मिति: १७:१६ बजे, शनिबार, साउन ९, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार











