Kathmandu Press

मिटरब्याज पीडितलाई घर फर्कन सरकारको आग्रह

पीडितहरूले मन्त्रिपरिषदको निर्णय थाहा नपाएको हुन सक्ने भन्दै मन्त्री शर्माले काठमाडौंमा दुःख पाएर नबस्न आग्रह गरिन्।
मिटरब्याज पीडितलाई घर फर्कन सरकारको आग्रह

काठमाडाैं, चैत २१ : काठमाडौंमा आन्दोलन गरिरहेका मिटरव्याज पीडितलाई सरकारले घर फर्कन आग्रह गरेको छ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री तथा प्रवक्ता रेखा शर्माले मिटरब्याज पीडितको समस्या समाधान गर्न उच्च स्तरीय जाँचबुझ आयोग गठन भइसकेकाले अब घर फर्कन आग्रह गरिन्।

सरकारले गत शनिबार मिटरब्याज पीडितको एक समूहसँग ५ बुँदे सम्झौता गरेको दुई दिनपछि मिटरब्याज पीडितको अर्को समूह काठमाडौं आएर आन्दोलन गरिरहेको छ।

मिटरब्याज समस्या समाधानका लागि सरकारले सोमबार मात्रै गौरीबहादुर कार्कीको अध्यक्षमा ३ सदस्यीय उच्च स्तरीय जाँचबुझ आयोग गठन गरेको थियो ।

पीडितहरूले मन्त्रिपरिषदको निर्णय थाहा नपाएको हुन सक्ने भन्दै मन्त्री शर्माले काठमाडौंमा दुःख पाएर नबस्न आग्रह गरिन्।

‘मन्त्रिपरिषदको निर्णयको उद्देश्य थाहा नपाएर आउनुभएको हुनसक्छ, उहाँहरुसँग छलफल हुन्छ,’ मन्त्री शर्माले भनिन्, ‘काठमाडौंमा दुख पाएर बस्ने होइन, उहाँहरु आफ्नो ठाउँमा फर्किनुपर्छ।’

उनले सरकारले गठन गरेको आयोजमार्फत मिटरब्याज पीडितको समस्या सदाका लागि समाधान हुने बताइन्।

प्रकाशित मिति: १६:५५ बजे, मंगलबार, चैत २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्