राष्ट्रिय सभाबाट दुई विधेयक पारित
मंगलबारको बैठकले ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७’ र ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७’ सर्वसम्म रुपमा पारित गरेको हो ।
काठमाडौं, चैत २१ : राष्ट्रिय सभाको मंगलबार बसेको बैठकले २ विधेयक पारित गरेको छ।
मंगलबारको बैठकले ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७’ र ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७’ सर्वसम्म रुपमा पारित गरेको हो ।
राष्ट्रिय सभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको तर्फबाट कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।
राष्ट्रिय सभाबाट पारित भएका यी विधेयक अब प्रतिनिधिसभामा जानेछन्।
राष्ट्रियसभाको अर्को बैठक यही चैत २७ गते सोमबार अपराह्न १ बजे बस्नेछ।
प्रकाशित मिति: १६:४७ बजे, मंगलबार, चैत २१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार