Kathmandu Press

ललितपुरका फुटबल क्लबहरुलाई आर्थिक सहयोग

कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले खेलको विकाससँगै खेलाडीहरुको हौसला बढाउन महानगरले सहयोग गरेको बताए।
ललितपुरका फुटबल क्लबहरुलाई आर्थिक सहयोग

ललितपुर, चैत २० : ललितपुर महानगरपालिकाले ललितपुरका फुटबल क्लबहरुलाई आर्थिक सहयोग प्रदान गरेको छ।

सोमबार आयोजित एक कार्यक्रमकाबीच महानगरले ए, बि र सी डिभिजनका फुटवल क्लवहरुलाई आर्थिक सहयोग हस्तान्तरण गरेकाे हाे। जसअनुसार ए डिभिजन लिग खेल्ने ६ वटा क्लवहरुलाई रु चार लाख , बि डिभिजनका २ वटा क्लवहरुलाई ३ लाख र ४ वटा सी डिभिजन क्लवलाई रु दुई लाखका दरले सहयोग हस्तान्तरण गरिएको हो।

Hardik ivf

त्यस्तै कार्यक्रममा नर्वौ राष्ट्रिय खेलकुद २०७९ मा स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्ने खेलाडीहरुलाई महानगरले नगद सहित सम्मान गरेको छ।

जसअनुसार स्वर्ण पदक प्राप्त गर्ने २२ जनालाई २० हजारका दरले पुरस्कृत गरिएको छ भने रजत पदक प्राप्त गर्ने १८ जनालाई १५ हजार र कास्य पदक प्राप्त गर्ने १८ जनालाई रु १० हजारका दरले पुरस्कार प्रदान गरिएको छ।

कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले खेलको विकाससँगै खेलाडीहरुको हौसला बढाउन महानगरले सहयोग गरेको बताए।

आगामी दिनमा महानगरले गर्ने आर्थिक सहयोग बढाउदै लैजाने उनले बताए।

प्रकाशित मिति: १६:११ बजे, सोमबार, चैत २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्