Kathmandu Press

आजदेखि बुटवल–पाल्पा सडक दैनिक ९ घन्टासम्म बन्द रहने

उक्त सडक खण्ड अन्तर्गतको रामापिथेकस पार्क नजिकको क्षेत्रमा सडक डाइभर्सनको निमार्ण कार्य शुरु गरे पछि आज देखी दैनिक दुईवटा सिफटमा सडक बन्द गरेर आयोजनाको कार्य अघि बढाउन खोजिएको हो ।
आजदेखि बुटवल–पाल्पा सडक दैनिक ९ घन्टासम्म बन्द रहने

काठमाडौं, चैत २० : आजदेखि बुटवल–पाल्पा सडक खण्ड दैनिक ९ घण्टा बन्द हुने भएको छ । सिद्धबाबा सुरुङ मार्ग निर्माण गर्ने कार्य सुरु हुने भएकाले सिद्धार्थ राजमार्ग दैनिक ९ घन्टा बन्द हुन लागेको हो ।

उक्त सडक खण्ड अन्तर्गतको रामापिथेकस पार्क नजिकको क्षेत्रमा सडक डाइभर्सनको निमार्ण कार्य शुरु गरे पछि आज देखी दैनिक दुईवटा सिफटमा सडक बन्द गरेर आयोजनाको कार्य अघि बढाउन खोजिएको हो ।

Hardik ivf

निर्माण व्यवसायी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनका अनुसार सो खण्डमा माथिबाट खुकुला ढुंगाहरु खस्ने हुँदा सडक सुचारू गर्दा जोखिम हुने भएकाले हरेक दिन बिहान ११ देखि दिउँसो २ बजे तथा रातको १० देखि बिहान ४ बजेसम्म सडक बन्द गरिन लागिएको हो । 

पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको अध्यक्षतामा आइतबार बसेको राजमार्ग सुरक्षा समितिको बैठकले काम सम्पन्न नभएसम्म सो सडक खण्ड निमार्णस्थल वरपर आउजाऊमा समेत रोक लगाईएको छ ।

अर्को सूचना जारी नभएसम्म बन्द सो सडक खण्ड बन्द रहने जारी सुचनामा भनिएको छ । साथै, एम्बुलेन्स, पेट्रोलियम पदार्थ बोक्ने टयांकरलगायत अत्यावश्यक सवारीसाधन सञ्चालनमा भने अवरोध नहुने सो बैठकको निर्णय छ ।

सोही निर्णय अनुसार आज देखी सो सडक दैनिक ९ घन्टा बन्द गरिन लागेको सार्वजनिक सुचना जारी गरिएको छ । 

प्रकाशित मिति: ०७:५३ बजे, सोमबार, चैत २०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्