आरआर क्याम्पसमा चैत २६ गते स्ववियु निर्वाचन हुने

काठमाडाैं, चैत १९ : काठमाडौंको भृकुटीमण्डपमा रहेकाे रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव २६ चैतमा हुने भएको छ ।
आइतबार बसेको सर्वपक्षीय बैठकले २६ चैतमा स्ववियु निर्वाचन गर्ने निर्णय गरेको हाे।
त्रिभुवन विश्वविद्यालयले ५ चैतमा तोकेको स्ववियु निर्वाचन विद्यार्थी संगठनबीचको विवादका कारण यहाँ हुन सकेको थिएन ।
स्ववियु निर्वाचनको विषयलाई लिएर सत्तारुढ दल निकट विद्यार्थी संगठनले २६ फागुनमा क्याम्पस तालाबन्दी गरेका थिए ।
प्रकाशित मिति: १७:३१ बजे, आइतबार, चैत १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












