Kathmandu Press

‘लोकतन्त्रमा जनताको मत व्यक्त गर्ने अधिकारअनुरुप कोशी प्रदेशको विरोध’

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीमा उनले जनताले माग एवं अधिकार प्राप्त गर्न शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउनुपर्ने विचार रारे।
‘लोकतन्त्रमा जनताको मत व्यक्त गर्ने अधिकारअनुरुप कोशी प्रदेशको विरोध’

माेरङ, चै्त १९ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले कोशी प्रदेशको नामकरणप्रति लोकतन्त्रमा जनताले आफ्नो मत व्यक्त गर्ने अधिकारअनुरुप विरोध गरेको बताएका छन्।
    
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीमा उनले जनताले माग एवं अधिकार प्राप्त गर्न शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउनुपर्ने विचार रारे।

मन्त्री राईले भने, 'लोकतन्त्रमा सरकारले गर्ने निर्णयप्रति सबैले शिरोधार्य गरेर हिँड्नुपर्छ भन्ने हुँदैन।' उनले जनताले त्यसप्रति आफ्नो असहमति जनाउन पाउने बताए। 

Hardik ivf

उनले कोशी प्रदेश नामकरणका सम्बन्धनमा असन्तुष्ट पक्षबीच वार्ताद्वारा समाधान हुने विश्वास व्यक्त गर्दै यस विषयमा प्रधानमन्त्री र प्रदेश सरकारलेसमेत वार्ताबाट समाधान निकाल्ने भनेको जानकारी दिए।

मन्त्री राईले भने, 'कोशी प्रदेशको अलग अस्तित्व भएको सरकार रहेको हुँदा यो केन्द्रको मातहतको निकाय नभएकाले यसको आफ्नो किसिमको आवश्यकताअनुसार गठबन्धन सरकार यहाँ सञ्चालनमा छ।'

प्रकाशित मिति: १५:३७ बजे, आइतबार, चैत १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्