Kathmandu Press

रामेछापमा जिप दुर्घटना हुँदा एककाे मृत्यु, सात घाइते

रामेछापमा जिप दुर्घटना हुँदा एककाे मृत्यु, सात घाइते

दाेलखा, चैत १८ : रामेछापको खाँडादेवी गाउँपालिकाको राकाथुममा जिप दुर्घटना भएकाे छ। दुर्घटनामा जिप चालककाे मृत्यु भएकाे छ भने अन्य सात जना घाइते भएका छन। 

खाँडादेवी ७ को ताल्दुमबाट काठमाडौंतर्फ जाँदै गरेको बा १६ च ३२२५ नम्बरको जिप शनिबार अपराह्न दुर्घटना हुँदा चालक कालुमान तामाङको घटनास्थलमानै मृत्यु भएको हो । 

Hardik ivf

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार दुर्घटनामा परी घाइते भएका सबैलाई उपचारका लागि काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताल पठाइएको छ । 

जिप सडक नजिकैको भीरबाट करिब ३ सय मिटर तल खसेको थियो ।

प्रकाशित मिति: १९:१७ बजे, शनिबार, चैत १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्