Kathmandu Press

तनहुँमा ट्याक्टर दुर्घटना, बाबुकाे मृत्यु, छोरा घाइते

बा ०३–००१ त २२६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सोही ठाउँ बस्ने ४० वर्षीय ईश्वर अधिकारीको मृत्यु भएको छ।
तनहुँमा ट्याक्टर दुर्घटना, बाबुकाे मृत्यु, छोरा घाइते
Hardik ivf

तनहुँ, चैत १८ : तनहुँमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शनिबार दिउँसो भानु नगरपालिका–२ भकुन्थोकस्थित डुम्रे बेंसीसहर सडकखण्ड जोड्ने भित्री सडकमा दुर्घटनामा परी २ जना घाइते भएका छन्।

बा ०३–००१ त २२६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सोही ठाउँ बस्ने ४० वर्षीय ईश्वर अधिकारीको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो।

यस्तै, सो दुर्घटनामा मृतक अधिकारीका छोरा १७ वर्षीय समिर तथा ३९ वर्षीय दीपक नेपाली घाइते भएका छन्। दुवैको उपचार भइरहेको छ ।

प्रकाशित मिति: १७:०० बजे, शनिबार, चैत १८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्