Kathmandu Press

पेसागत महासंघ नेपालको सातौँ महाधिवेशन बिहीबारदेखि

‘स्वाधीन अर्थतन्त्र र समृद्ध जीवनका लागि गुणस्तरीय सेवा र जिम्मेवार ट्रेड युनियन’ भन्ने नाराका साथ उक्त महाधिवेशन ललितपुरको जावलाखेलमा हुन लागेको हो। महाधिवेशन दुई दिनसम्म चल्नेछ।
पेसागत महासंघ नेपालको सातौँ महाधिवेशन बिहीबारदेखि

काठमाडाैं, चैत १८ : पेसागत महासंघ नेपालको सातौँ महाधिवेशन बिहीबारदेखि हुने भएको छ।

‘स्वाधीन अर्थतन्त्र र समृद्ध जीवनका लागि गुणस्तरीय सेवा र जिम्मेवार ट्रेड युनियन’ भन्ने नाराका साथ उक्त महाधिवेशन ललितपुरको जावलाखेलमा हुन लागेको हो। महाधिवेशन दुई दिनसम्म चल्नेछ।
    
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने उक्त कार्यक्रममा प्रतिष्ठान, राष्ट्रिय सङ्घ, प्रदेश र जिल्लाबाट गरी करिब नौ सय प्रतिनिधि सहभागी हुने महासङ्घका राष्ट्रिय संयोजक बाबुराम थापाले जानकारी दिए।

Hardik ivf

महाधिवेशनले पेसाकर्मीका समस्या समाधानका उपाय, प्रतिष्ठानको व्यवस्थापन, नेपालको कमजोर अर्थतन्त्रले पेसाकर्मीलाई पारेको प्रभावलगायत विषयमा समीक्षा गरी आगामी कार्यक्रम, नीतिनिर्माणसहित नयाँ नेतृत्व चयन गर्नेछ।

नेपालका समाजवादी विचारसँग आबद्ध पेसाकर्मीको सङ्गठन महासङ्घमा २६ राष्ट्रिय घटक, ५२ प्रतिष्ठान, आठ प्रदेश कमिटी र सात सय ५३ पालिकास्तरीय कमिटी रहेका छन्। मुलुकभरि यसमा आबद्ध करिब छ लाख सदस्य छन्।

२०७७ माघ २४ गते देशभरका एक हजार आठ सय प्रतिनिधिको उपस्थितिमा तीन सय ११ सदस्यीय सातौँ राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन गरिएको थियो। महासङ्घको स्थापना २०५२ चैत ६ गते भएको थियो।

प्रकाशित मिति: १४:४४ बजे, शनिबार, चैत १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्