Kathmandu Press

तनहुँको समग्र विकासका लागि भट्टराईलाई निर्वाचन जिताउनुपर्छ : कांग्रेस नेता

कांग्रेस तनहुँ–काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको ‘उम्मेदवार परिचयात्मक कार्यक्रम’ मा उनीहरूले तनहुँलाई कांग्रेसको किल्लाका रुपमा स्थापित गराउन उपनिर्वाचनमा पार्टीका उम्मेदवार भट्टराईलाई जिताउनुपर्ने बताएका हुन्।
तनहुँको समग्र विकासका लागि भट्टराईलाई निर्वाचन जिताउनुपर्छ : कांग्रेस नेता

काठमाडौं, चैत १८ : नेपाली कांग्रेसका नेताहरूले तनहुँको समग्र विकासका लागि वैशाख १० मा हुने तनहुँ क्षेत्र नं १ को उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन जरुरी रहेको बताएका छन्।

कांग्रेस तनहुँ–काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको ‘उम्मेदवार परिचयात्मक कार्यक्रम’ मा उनीहरूले तनहुँलाई कांग्रेसको किल्लाका रुपमा स्थापित गराउन उपनिर्वाचनमा पार्टीका उम्मेदवार भट्टराईलाई जिताउनुपर्ने बताएका हुन्।

कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले तनहुँमा कांग्रेसका उम्मेदवार भट्टराईलाई चुनाव जिताउन आफूले नेतृत्व लिने बताए ।

कांग्रेस केन्द्रीय सदस्य एवं उपनिर्वाचनका उम्मेदवार गोविन्द भट्टराईले पार्टीले अघिल्लो निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गर्नका लागि आफूले उम्मेदवारी दिएको बताउए। उनले आफूले विगतमा गरेका कामका आधारमा तनहुँका जनताले आफूलाई जिताउने विश्वास व्यक्त गरे।

कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले तनहुँको विकासका लागि आफू लाग्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: ०९:३४ बजे, शनिबार, चैत १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्