काेसी प्रदेश नामकरणकाे विरोध गर्दै काठमाडौंमा प्रदर्शन
प्रदेशको नाम कोशी खारेज गरि ऐतिहासिक पृष्ठभूमिको आधारमा प्रदेश १ को पुनः नामांकरण हुनुपर्ने भन्दै किरात याक्थुङ चुम्लुङलगायतका संस्थाहरुले शुक्रबार काठमाडौंको माइतघरमा विरोध प्रदर्शन गरेका हुन्।
काठमाडाैं, चैत १७ : ऐतिहासिक पृष्ठभूमिको आधारमा प्रदेश १ को पुनः नामांकरण हुनुपर्ने भन्दै काठमाडौंमा विरोध प्रदर्शन भएको छ।
प्रदेशको नाम कोशी खारेज गरि ऐतिहासिक पृष्ठभूमिको आधारमा प्रदेश १ को पुनः नामांकरण हुनुपर्ने भन्दै किरात याक्थुङ चुम्लुङलगायतका संस्थाहरुले शुक्रबार काठमाडौंको माइतघरमा विरोध प्रदर्शन गरेका हुन्।
उनीहरुले पहिचानका आधारमा प्रदेश १ को पुनःनामाङकरण हुनुपर्ने माग राखेका छन् भने प्रदेश नामाङ्करणको विरोधमा भएको प्रदर्शनका ज्यान गुमाएका लाजेहाङ लिम्वुलाई सहिद घोषणा गर्नुपर्ने माग राखेका छन्।
प्रदेश १ को नाम कोशी राख्ने निर्णय खारेज नभएसम्म निरन्तर आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन्।
प्रकाशित मिति: १७:३४ बजे, शुक्रबार, चैत १७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार