तनहुँ १ र बारा २ मा हुने उपनिर्वाचनका लागि २६ दल दर्ता
तीनवटै क्षेत्रमा मतदान सम्पन्न भएको एक साताभित्र नतिजा सार्वजनिक गरिसक्ने आयोगको भनाइ छ।
काठमाडौं, चैत १७ : आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँ १ र बारा २ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि २६ दलले निर्वाचन आयोगमा आवेदन दर्ता गराएका छन्।
निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ताका लागि यही चैत ८ देखि १२ गतेसम्मका लागि दर्ता समय तोकेको थियो। चितवन २ मा यसअघि नै १८ दल दर्ता भइसकेका छन्।
राष्ट्रपतिमा रामचन्द्र पौडेल र उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित भएपछि क्रमशः तनहुँ १ र बारा २ मा पद रिक्त भएको थियो। त्यसैगरी नागरिकता विवादमा रवि लामिछानेले सांसद पद गुमाएका कारण चितवन २ को पद पनि रिक्त भएको थियो।
तीनवटै क्षेत्रमा मतदान सम्पन्न भएको एक साताभित्र नतिजा सार्वजनिक गरिसक्ने आयोगको भनाइ छ।
प्रकाशित मिति: १४:४३ बजे, शुक्रबार, चैत १७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












