Kathmandu Press

दुर्घटनामा घाइते महतको मृत्यु

भक्तपुर सूर्यविनायक नगरपालिका-९ पलासे चोकमा प्रदेश ३-०२-०१० प ६८९० नम्बरको मोटरसाइकल आज अनियन्त्रित भइ दुर्घटना हुँदा स्थानीय २४ वर्षीय निश्चल महत घाइते भएका थिए। 
दुर्घटनामा घाइते महतको मृत्यु

भक्तपुर, चैत १७ : भक्तपुरमा मोटरसाइकल दुर्घटनामा घाइते भएका एक चालकको मृत्यु भएको छ । 

भक्तपुर सूर्यविनायक नगरपालिका-९ पलासे चोकमा प्रदेश ३-०२-०१० प ६८९० नम्बरको मोटरसाइकल आज अनियन्त्रित भइ दुर्घटना हुँदा स्थानीय २४ वर्षीय निश्चल महत घाइते भएका थिए। 

दुर्घटनामा घाइते भएका महतलाई सुरुमा सूर्यविनायक नगर अस्पतालमा उपचारका लगिएको थियो।

त्यहाँ उपचार हुन नसकेपछि महतलाई मध्यपुर अस्पतालमा पुर्‍याइएको र उपचारका क्रममा मृत्यु भएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: १४:१० बजे, शुक्रबार, चैत १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्