Kathmandu Press

चैत २६ र २७ गते इलाम साहित्य महोत्सव हुने

इलाम साहित्य समाज र इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठानको संयुक्त आयोजनामा सञ्चालन हुने महोत्सवमा साहित्य क्षेत्र, रङ्गकर्मीका साथै राजनीतिक क्षेत्रका व्यक्तित्व सहभागी हुनेछन्। 
चैत २६ र २७ गते इलाम साहित्य महोत्सव हुने

इलाम, चैत १७ : इलामको सदरमुकाममा आगामी  चैत २६ र २७ गते इलाम साहित्य महोत्सव हुने भएको छ। ‘पर्यटनका लागि साहित्य’ भन्ने नाराका साथ हुन लागेको महोत्सवमा नेपाल र भारतका साहित्यकारको उपस्थिति रहने आयोजकले जनाएको छ।

इलाम साहित्य समाज र इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठानको संयुक्त आयोजनामा सञ्चालन हुने महोत्सवमा साहित्य क्षेत्र, रङ्गकर्मीका साथै राजनीतिक क्षेत्रका व्यक्तित्व सहभागी हुनेछन्। 

Hardik ivf

कला र साहित्यसँगै पर्यटनलाई जोडेर महोत्सव आयोजना गर्न लागिएको साहित्य समाजका अध्यक्ष सुरेन्द्रकुमार राईले बताए। जिल्ला बाहिरबाट मात्रै एक सय ६० बढी साहित्यकारलाई निमन्त्रणा गरिएको उहाँले जानकारी दिए।

साहित्य रुची भएका मानिसलाई सहभागिताका लागि अनुरोध गरिएको नगर साहित्य कला सङ्गीत प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङको भनाइ छ। उनका अनुसार महोत्सवमा सात्यिकार, कुलपति भुपाल राई, यस क्षेत्रका सांसद तथा रङ्गकर्मीको उपस्थिति रहने छ।

साहित्यप्रति युवाहरुको आकर्षण बढाउन साहित्य महोत्सवले मद्दत पुग्ने बताइएको छ। रू १८ लाख खर्च लाग्ने अनुमान गरिएको उक्त महोत्सवलाई नेपाल प्रज्ञा प्रतिष्ठानले समेत सहयोग गर्ने बताइएको छ। 

महोत्सवमा कवितामा स्थानीय चेत, कला र आदिवासी सौन्दर्य चेतना, महाभाराबाट टिष्टासम्म, कस्तो सिनेमा, सफल कि सार्थक, समावेशी लेखन, नेपालको पर्यटनमा पूर्वेली भाषा, साहित्य र सत्ता, मातृभाषा साहित्यमा शिल्प चेतनालगायत विषयमा छलफल र बहस हुनेछ।

‘कोशी प्रदेश कहिले बन्छ, एक नम्बर प्रदेश रु’ शीर्षकमा पत्रकार वसन्त बस्नेतले गुरुराज घिमिरे, प्रदीप ज्ञवाली र घनश्याम भुसालसँग बहस गर्ने कार्यक्रम तय भएको छ।

प्रकाशित मिति: १२:५९ बजे, शुक्रबार, चैत १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्