Kathmandu Press

सर्लाहीको सिमावर्ती क्षेत्रबाट अन्दाजी २० किलो लागुऔषध गाँजा बरामद

सर्लाहीको सिमावर्ती क्षेत्रबाट अन्दाजी २० किलो लागुऔषध गाँजा बरामद

सर्लाही, चैत १६ : सर्लाहीको सिमावर्ती क्षेत्रबाट प्रहरीले भारी परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ ।

बलरा नगरपालिका–१ हथिऔलस्थित भित्री सडकबाट इलाका प्रहरी कार्यलय, बलराको गस्ती टोलीले अन्दाजी २० किलो लागुऔषध गाँजा बरामद गरेको हो ।

प्रहरी वरिष्ठ नायब निरीक्षक दिपक गुप्ताको कमाण्डमा खटिएको गस्ती टोलिले हथिऔल भित्री सडकखण्डमा चेकजाँज गर्ने क्रममा नेपालबाट भारत तर्फ जाँदै गरेको अन टेस्ट रातो रंगको अपाचे मोटरसाइल चालकमाथि शंका लागेर रोक्न खोज्दा चालक मोटरसाइकल छाडेर फरार भएका थिए ।

मोटरसाइकललाई नियन्त्रणमा लिइ कार्यलयमा ल्याएर राखिएको र फरार चालकलाई खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यलय, बलराले जनाएको छ ।

प्रकाशित मिति: २०:०७ बजे, बिहीबार, चैत १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्