सिन्धुलीकाे सुनकोसीमा करेन्ट लागेर एककाे मृत्यु
करेन्ट लागेर १२ वर्षीय दीपेश श्रेष्ठको मृत्यु भएको र उनका बाबु ४० वर्षीय फत्तबहादुर श्रेष्ठ गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए।
सिन्धुली, चैत १६ : सिन्धुलीकाे सुनकोसी गाउँपालिका–४ फलामेचौरमा करेन्ट लाग्दा आज एकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।
करेन्ट लागेर १२ वर्षीय दीपेश श्रेष्ठको मृत्यु भएको र उनका बाबु ४० वर्षीय फत्तबहादुर श्रेष्ठ गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए।
उनका अनुसार बाबुछोरा खेतमा काम गरेर घर फर्कंदै गर्दा बाटो छेउमा रहेको ११ हजार भोल्टेजको मेन लाइनको पोल नजिक छोरालाई करेन्ट लागेको र छोरालाई बचाउन खोज्दा बाबुलाई पनि करेन्ट लागेको थियो।
गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि काठमाडौँ पठाइएको छ। करेन्ट कसरी चुहावट भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १५:३४ बजे, बिहीबार, चैत १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(32)-1764944804.jpeg)
