Kathmandu Press

‘मिटरब्याजीको पीडामा मलम लगाउ सरकार’

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले पीडितहरुलाई चाँडो न्याय दिलाउन वार्तामार्फत समाधान खोज्न सरकार समक्ष आग्रह गरेका हुन्।
‘मिटरब्याजीको पीडामा मलम लगाउ सरकार’
Hardik ivf

काठमाडौं, चैत १६ : राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले मिटरब्याजी पीडितहरु साहुको ऋणको भारका साथै शारीरिक र मानसिक रुपमा पीडित रहेको भन्दै उनीहरुको पीडालाई तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
      
राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले पीडितहरुलाई चाँडो न्याय दिलाउन वार्तामार्फत समाधान खोज्न सरकार समक्ष आग्रह गरेका हुन्। सांसद जयन्तीदेवी राईले मिटरब्याजी पीडितको समस्यालाई गम्भीरतापूर्वक लिँदै वार्ता र संवादका माध्यमबाट तत्काल समाधान खोज्न सरकारको ध्यानाकर्षण गराउनुभयो।

सांसद नन्दा चपाइले जनताको विकास निर्माणको चाहनालाई दलहरुले गम्भीर रुपमा लिनुपर्ने बताइन्। उनले जनचाहना अनुरुप गणतन्त्रको संस्थागत विकास र विसकास र समृद्धिको आभाष दिलाउन नेताहरुले गम्भीरता देखाउनुपर्नेमा जोड दिइन्। सांसद डा बिमला राई पौडयालले मिटरब्याजसम्बन्धी तत्काल कानुन संशोधन गरी कानुनी दायरामा ल्याएर पीडितलाई न्याय दिनुपर्नेमा जोड दिइन्।
 
सांसद दुर्गाकुमारी गुरुङले द्वन्द्वपीडितको समस्या समाधान गरी शान्ति प्रक्रियालाई चाँडो टुङ्गोमा पुर्‍याउन सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसद सोनाम ग्याल्जेन शेर्पाले सर्वोच्च अदालतमा लामो समयदेखि नेतृत्वविहीन रहेको र कायम मुकायमकै भरमा चलिरहेको भन्दै प्रधानन्यायाधीश नियुक्तिका लागि सरकारको ध्यानाकर्षण गराइन्।

सांसद राधेश्याम पासवानले मिटरब्याजी पीडितहरु मानसिक र शारीरिक रुपमा पीडित रहेकाले सरकारले समस्या समाधानमा तदरुकता देखाउनुपर्ने बताए।

प्रकाशित मिति: १४:०० बजे, बिहीबार, चैत १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्